२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नेकपा सांसद मनाङ्गेले कुटे कास्की एन्फा अध्यक्षलाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले हातपात गरेका छन् । मंगलबारदेखि सुरु भएको प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि हातपात भएको हो।

मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका सांसद मनाङले खेलाडीलाई बस्ने व्यवस्था नमिलाएको भन्दै अध्यक्ष गुरुङसँग विवाद भएको थियो। सोही विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष गुरुङमाथि सांसद् मनाङेले हातपात गरेका हुन्।