२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

बाल विवाह न्यूनिकरण गर्न प्रतिबद्धता

८ माघ, शान्तिनगर । दाङको शान्तिनगर गाउँपालिकामा वाल विवाह न्यूनिकरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकाहरुमा वाल विवाह गर्नेको संख्या न्यूनिकरण हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायले प्रतिबद्धता जनाएका हुन् ।

गाउँपालिकाले यस अघि पनि वाल विवाह न्यूनिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अझै न्यूनिकरण हुन नसकेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिने शान्तिगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् ।

वाल विवाहले पार्ने प्रभाबका बिषयलाई समेटेर विद्यालयहरुमा पनि सचेतनामुलक कार्यक्रम भईरहेको उनले बताए ।