२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

८ माघ, हेटौंडा । पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने गम्भीर घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१९का २१ वर्षीय सुनील स्याङ्ताङको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मनहरी–९ का साजन भोलनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।