२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

तुलसीपुर र घोराहीमा महोत्सवको रौनक बढ्दै

तुलसीपुर, ८ माघ । तुलसीपुरमा माघ १० गतेदेखि २० गते सम्म सञ्चालन गर्न लागिएको महोत्सवको तयारी तिव्र छ । बिभिन्न स्थानमा स्वागतद्धार, मञ्च ब्यबस्थापन, मनोरञ्जन स्थल,दर्शक बस्ने स्थल, स्टल निर्माण, कलाकारहरुसँगको सम्पर्क लगायत महत्वपूर्ण बिषयमा तयारी तिब्र पारीएको मुल आयोजक समिति तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सवलाई सभ्य एव भव्य रुपमा सम्पन्न गर्न गठित बिभिन्न उपसमितिहरु महोत्सवलाई सम्पन्न गर्नका लागी लागि परेका छन । जस अन्तर्गत आज महोत्सव मुल समितिले संघका पुर्व अध्यक्षहरु संग महोत्सवका बारेमा छलफल गरेको छ ।

त्यसैगरी दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ कै १० गते देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको व्यापारिक एवं कृषि औद्योगिक महोत्सव २०७६ सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ । महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ ।

महोत्सव मूल आयोजक समितिले महोत्सव सफल बनाउन विभीन्न टोल विकास समिति प्रतिनिधहरुसँग छलफल गरेको छ ।
महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरुलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।