२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

मुख्यमन्त्रीद्धारा तुलसीपुर मेट्रो कलेजको उद्घाटन

तुलसीपुर, ८ माघ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजको आज उद्घाटन गरीएको छ ।

तुलसिपुर–१२ हरिपौरामा स्थापना भएको कलेजको उद्घाटन प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको हो । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गरेको हो ।

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले उक्त स्थानमा स्थापना भएको मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताए । ‘यो अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो’ उनले भने‘ यो कलेज यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौं ।