२०७७ कार्तिक ७ गते शुक्रवार
२०७७ कार्तिक ७ गते शुक्रवार

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, नतिजा भोली नै आउने

८ माघ । निर्वाचन आयोगले भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले गरेको पत्रकार सम्मेलनमा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

उहाँले निर्वाचन हुने सातै प्रदेशका उच्च अदालत रहको जिल्ला सदरमुकाममा तोकीएको मतदानस्थलमा निर्वाचनका लागि आवश्यक सम्पुर्ण सामाग्री पुगिसकेको पनि बताउनुभएको छ ।

आयोगले बिहान १० बजेदेखि अपराह्र ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदान सकियपछि बिहीबार नै नतिजा प्रकाशित गर्ने गरि व्यवस्था मिलाएको पनि आयोगले जनाएको छ ।