२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

महोत्सव सफल बनाउन सुरक्षा प्रमुखहरुसँग छलफल

तुलसीपुर, ८ माघ । यहिँ माघ १० गते शुक्रबार देखि सुरु हुन लागेको ‘तुलसिपुर महोत्सब २०७६’ लाई सफल पार्न महोत्सव आयोजक मुल समितीले विभिन्न व्यक्तित्वहरुसँग छलफल गर्दै आएको छ ।

यसैक्रममा आज महोत्सव भब्य, सभ्य र शान्त रुपमा सन्चालन गर्न जिल्लाका सुरक्षा प्रमुखहरुसँग छलफल गरिएको छ । आज तुलसिपुर महोत्सब स्थलमा प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुखहरु, शसस्त्र प्रहरी प्रमुख लगायतहरुसँग सुरक्षा अबस्था र योजनाका बारेमा परामर्श र छलफल भएको मुल आयोजक समितिका संयोजक बिरबहादुर रावतले जानकारी दिनुभयो ।