२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा सीसी क्यामेरा सहित तीन सुरक्षा घेरा

शरद रेग्मी, तुलसीपुर ८ माघ । यहि माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा ती सुरक्षा घेरा हुने भएका छन् । महोत्सवको सुरक्षा व्यवस्थापनकै सन्दर्भमा महोत्सवस्थलमा जुटेका सुरक्षा अधिकारीहरुले तीन तहको सुरक्षा दिन अभिव्यक्ति दिएका छन् । ‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा व्यवस्थापनको पनि तयारी गरीसकेका छौं, तीन तहको सुरक्षा व्यवस्थापन हुने छ’— प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने । प्रमु्ख जिल्ला अधिकारीसंगै तुलसीपुर महोत्सव स्थलमा ५ नंवर प्रदेश प्रमुख डिआइजी शुरेश विक्रम शाह, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक प्रसाद भट्टराइ, शशस्त्र प्रह्री वल ज्लालामाईका प्रमुख एसपी नारायण प्रसाद श्रेष्ठ र अनुसन्धानका एसपी टेकराज तिमिल्सेनाको समेत उपस्थीति रहेको थियो ।

त्यस अवसरमा महोत्सवलाइ सुरक्षित बनाउन सिसि क्यामेरा र पसल विमाको समेत व्यवस्थापन गरीएको महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतले बताए । महोत्सवमा रहने सवै स्टलको निगरानी सिसि क्यामेराले गर्ने पनि उनले बताए । साथै महोत्सवमा राखिएका हरेक स्टलको विमा समेत भैसकेको पनि उनको अभिव्यक्ति थियो ।

महोत्सव मुल समारोह समितिका संयोजक विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सवको सुरक्षा व्यवस्थापनका लागी सुरक्षा अधिकारीहरुलाइ आग्रह गरिएको थियो । कार्यक्रमको सहजीकरण सन्चार संयोजक तथा प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।
त्यसैगरी महोत्सवको उद्घाटन सरकारका पर्यटन मन्त्री योगेश भट्टराइले शुक्रवार विहान ११ बजे उद्ुघाटन गर्ने कार्यक्रम रहेको छ ।