२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

उदाहरण समूहले अधिकारकर्मीसँग बहस कार्यक्रम गर्दै

दाङ, माघ ८ । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह नेपालले विहिबार घोराहीमा ‘समानान्तर स्वरहरु’ शिर्षकको कार्यक्रम आयोजना गर्ने भएको छ । महिला आन्दोलन, समावेशी, लेखनमा महिला सहभागीता, महिला उद्यमशीलता र सशक्तिकरण, जागरण र आर्थिक न्याय लगाएतका विषयमा महिला आन्दोलनमा लामो समय काम गरेका अधिकारकर्मीसँग बहस कार्यक्रम हो ।

महिला आन्दोलनमा पत्रकारिताको माध्यमबाट काम गर्दै आउनु भएका पत्रकार तथा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्य, महिला सशक्तिकरणका लागि सामाजिक तथा आर्थिक जागरणमा लामो समयदेखि काम गर्दै आउनु भएका विमला योगी र हिंसापीडित महिलाहरुको न्यायका लागि काम गर्दै आउनु भएका सक्षम महिला सामुदायीक संस्थाका अध्यक्ष रचना सुबेदीसँग बहस हुने उदाहरण समूह, नेपालका अभियान्ता नवीन अभिलाषीले जानकारी दिनुभयो । बहस कार्यक्रमको सहजीकरण सुन्दर गौतमले गर्नुहुनेछ ।

यस्तै महिला अधिकार, समानता र शसक्तिकरणका लागि महिला श्रष्टाहरुले कविता बाचन गर्ने कार्यक्रम रहेको छ । महिला कवि शारदा शर्मा, सन्ध्या रेग्मी, संगीत मगर र आशा वलीले कविता बाचन गर्नुहुनेछ । घोराहीको भिंग्रेली भिलेज रिसोर्टमा विहान ११ बजे कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ । सामाजिक रुपान्तरणका लागि साहित्यका माध्यमबाट दाङ, प्यूठान, रोल्पा, सल्यान, बाँके लगाएतका युवाहरुले सञ्चालन गरेको उदाहरण समूह, नेपालले घोराही क्षेत्रमा पाँच वर्षदेखि निरन्तर काम गर्दै आएको छ ।