२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुर उपमहानगरपालिकाको प्रोफाईल सार्वजनिक

तुलसीपुर, ८ माघ । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रोफाईल सार्वजनिक गरिएको छ । बुधबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त प्रोफाईलको विमोचन गरेका हुन् ।त्यस अवसरमा उनले यो प्रोफाईलको आधारमा काम अगाडि बढाएमा तुलसीपुरको विकासले फड्को मार्ने बताए । प्रोफाईलमा तुलसीपुरको हालको अवस्था र सुधार गर्नुपर्ने अबस्था प्रष्ट बनाएको भन्दै यहाँको विकासकालागि अझै थुप्रै कामहरु गर्नुपर्ने देखिएको वताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रोफाईलमा उपमहानगरपालिकाको बस्तुस्थित चित्रण गरेर यो उपमहानगरपालिकाको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यको योजना तयार पारिने बताए ।