२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

लक्ष्मीनारायण आविको नतिजा प्रकाशन

शिव प्रसाद उपाध्याय, माघ ९ दंगिशरण । दंगिशरण ५ सलाैरा स्थित लक्ष्मीनारायण आभारभूत विद्यालयमा दाेस्राे त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा विश्लेषण एक कार्यक्रमका विच सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम प्रसाद देवकाेटाकाे सभापतित्व तथा वडा अध्यक्ष दिपक गाैतमकाे प्रमुख आथित्य एवम विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खुमलाल भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष सेवकराम अाचार्यकाे विशिष्ट आथित्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । साे कार्यक्रममा निता चाैधरी, यज्ञ वहादुर वली, सविता चाैधरी, निमा चाैधरी लगाएतले विद्यार्थी नजिता सन्ताेष रहेकाे बताएका थिए। विद्यार्थीकाे मनाेभावना अनुसार पठनपाठन गराएर उत्कृष्ट नतिजाका लागि सवैले लागि पर्नुपर्ने सुझाव दिएका थिए । डिल्लिराज चार्यकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण शिक्षक शिव प्रसाद उपाध्यय गरेका थिए ।