२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

राष्ट्रियसभा निर्वाचन : दाङमा मतदान सुरु

दाङ, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रदेश ५ को लाागि दाङको घोराहीमा मतदान शुरू भएकाे छ । विहान १० बजे देखी शुरू भएकाे मतदान हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । पहिलाे पटक प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पाेखरेलले मतदान गरेका थिए ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्य चुन्नका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान भइरहेकाे छ ।

प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख उपप्रमुखलाई छुट्टा छुट्टै दुई मतदान केन्द्र तोकिएको र चार वटा लाइनको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । मतदानका लागि ३ वटा मतपत्रको व्यवस्था गरिएको छ । प्रदेश नम्बर ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन् ।

२ बर्षे कार्यकाल पूरा गरेका १९ जना सदस्यहरुको एक महिनापछि पदावधि सकिने भएपछि निर्बाचन हुन लागेको हो । देशैभरीबाट १८ जना निर्वाचित हुने छ भने एक जनालाई राष्ट्रपतीबाट मनोनयन गरिने कानुनी व्यवस्था रहेको छ ।