२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

आवि कटाहामा नयाँ व्यवस्थापन समिती गठन

तुलसीपुर, ९ माघ । तुलसीपुर १२ कटाहामा अवस्थित आधारभुत बिद्यालयमा सर्बसहमतिमा नयाँ ब्यबस्थापन समिती चयन गरिएको छ । आज भएको अभिभावकहरुको भेलाले हिमराज वलिलाई ब्यबस्थापन समितिको अध्यक्ष चयन गरेको हो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर ११ नम्बरका वडा सदस्य सुबास डाँगीकाे प्रमुख आतिथ्यमा भएको भेलाले वलिको अध्यक्षतामा नयाँ बिधालय ब्यबस्थापन समिती गठन गरेको हो । जसको सदस्यमा अभिभावकको तर्फबाट ढग बहादुर मल्ल, शिबा कुमारी भण्डारी, गिता केसि, बिद्यालय संस्थापक तथा समाजसेवी तर्फबाट तुलाराम डाँगी, शिक्षा प्रेमिका तर्फबाट तेज कुमारी चन्द, शिक्षक प्रतिनिधि तेज बहादुर डाँगी रहनु भएको वडा सदस्य सुबास डाँगिले जानकारी दिनुभयो । बिद्यालयका प्रधानाध्यापक सदस्य सचिब हुने ब्यबस्था अनुशार प्राधानाध्यापक टंक भण्डारी सदस्य सचिबमा चयन हुनु भएको छ।

यस्तै हित कुमारी चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि आजै गठन गरिएको छ जसको सदस्यमा अभिभावकको तर्फबाट झरना चौधरी, इन्द्रा चौधरी, जुगरी चौधरी, सीता नेपाली, मेघराज पुन, शिक्षकको तर्फबाट थम्मन बहादुर चन्द, ओम प्रकाश गिरि र टंक बहादुर भण्डारी रहनु भएको छ । भेलामा तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगी, शान्ति सामुदायिक बन समुहका अध्यक्ष अर्जुन बहादुर केसि, बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तुलाराम डाँगी, खैरेनी सामुदायिक बन समूह कटाहाका अध्यक्ष भुप बहादुर वलि (भोलाराम) लगायतले बिधालयको बिकासका लागि आफ्नो सुझाव राख्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक टंक बहादुर भण्डारीले बिद्यालयको पछिल्लो गतिबिधी बारे जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक तेज बहादुर डाँगीले गर्नुभएको थियो।