२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दंगीशरण एकमा आधारभुत स्वास्थ्य सेवा उद्घाटन

दिप्तीशिखा चौधरी, दंगीशरण ८ पुस । दंगीशरण गाउँपालिका वडा नं. १ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । बुधबार एक कार्याक्रमका बिच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेका हुन् । स्वास्थ्य सेवा केन्द्र उद्घाटन गर्दै अध्यक्ष चौधरीले भवन नबनेपछि घर भाडामा लिएर भएपनि नागरीकलाई सेवा दिने उद्धेश्यले आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको बताए ।

सो अवसरमा वडा अध्यक्ष श्रीप्रशाद चौधरीले केन्द्रको ३५ लाखको लागतमा स्वास्थ्य सेवा केन्द्रका लागि भवन बनीरहेको जानकारी दिदै नागरीकहरुलाई तत्काल सेवा दिनका लागि निर्माणको काम नसकिदा सम्म भाडाको घरबाटै भएपनि सेवा दिने योजना बनाएको बताए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दशरथ गीरीले अवको कार्यक्रम नागरीकहरुको सेवाका लागि मात्र सेवामुखी कार्यक्रम संचालन गरिने बताए । यस वडाको स्वास्थ्य सेवा केन्द्रमा एक जना अहेव र एक जना अनमीले नागरीकहरुको सेवामा खटिने भन्दै अहिले ४० थरीका औषधिहरु उपलब्ध भएको बताए ।

कार्यक्रमममा नेकपाका यूवराज खड्का, जिल्ला सदस्य यज्ञ बहादुर विष्ट, आधारभुत विद्यालय बाँकेका प्रेम विष्ट लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सुनीता गिरीले गरेकी थिईन् ।