२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

वस्तु प्रयोग गर्दा गुणस्तरियतामा ध्यान दिनुपर्ने

बिमल योगी, दाङ ९ माघ । घोराही उपमहानगरपालिकाले गुण स्तरिय वस्तु र सेवामा उपभोक्ताको अधिकार सुनिश्चित गराउन वडा स्तरिय सचेतना कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा यस्तो कार्यक्रम सुरु गरिएको हो ।

वस्तु प्रयोग तथा बिक्री वितरण गर्दा ध्यान दिनुपर्ने कुराहरुका वारेमा उपभोक्ता र व्यावसायीलाई सचेत पारी एक स्वस्थ नागरिक बनाउने उदेश्यले यस्तो कार्यक्रम सुरु गरिएको शाखा प्रमुख अम्मरराज शर्माले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत वडा नम्वर १ र ९ मा यसअघि नै सम्पन्न भैसकेको र आज बिहिवार वडा नम्वर ७ को सौडियारमा सचेतना कार्यक्रम गरिएको छ ।

स्थानिय टोल बिकास संस्था, व्यावसायी, बिद्यालयका प्रतिनिधि, स्वस्थ्य संस्थाका प्रतिनिधि तथा कर्मचारी गरी ३० जना बढिको सहभागिता रहेको सचेतना कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखाका प्रमुख अम्मरराज शर्मा, सोही शाखाका प्रविण खनाल, बासुदेव पोख्रेल, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती र उपभोक्ता हित संरक्षण मञ्च दाङका संयोजक केशवकुमार शर्माले गर्नुभएको थियो । वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक पचिरालक बिमल योगीले गर्नुभएको थियो ।