२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

दाङको भलानेटीबाट विप्लव नेकपाका कार्यकर्ता विक पक्राउ

तुलसीपुर, ९ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका दलित मोर्चा सेक्रेटरी रेशम वि.क लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार वि.कलाई दाङको भलानेटी बाट आज विहान प्रक्राउ गरिएको हो । उनलाई ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।