गढवा, ९ माघ । दाङमा ससुराले प्रहार गरेको चक्कुबाट बुहारीको मृत्यु भएको छ । बुधबार राति करिव ८ बजेतिर गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ बर्षीय कुलमान कुवरले आफ्नी कान्छि बुहारी २७ बर्षीया बसन्ती कुवँर माथि चक्कु प्रहार गरेका थिए ।
स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारकोलागि नेपालगंज रिफर गरिएको थियो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।
मृतकका श्रीमान कुखुरालाई दाना दिन गएको बेलामा घरायसीे विवादमा ससुराले बुहारीलाई चक्कु प्रहार गरेको डिएसपी खड्काले बताए । मृतक कुवँरको पेट, ढाड र छातीमा चक्कु प्रहार गरिएको छ । मृतक कुवँरको ८ बर्षिय छोरी रहेकी छिन । चक्कु प्रहार गर्ने ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।