२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा शनिवार हुने

दाङ, ९ माघ । नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा शनिवार हुने भएको छ । जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सहितका पदाधिकारी आउन लागेको नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव लक्ष्मी किशोर सुवेदी, महासचिव सोमनाथ गिरी लगायतका शिक्षक नेताहरु दाङमा आउन लागेका हुन ।

यसैविबच संघको आज घोराहीमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि सभामा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई अनुरोध गरेको छ ।