घोराही, ९ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्ला बार इकाइका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक तथा निर्वाचित भएकोमा वधाइ तथा शुभकामना दिएको हो ।
कार्यक्रममा वोल्दै जिल्ला वारका अध्यक्ष शिवप्रसाद घिमिरेले जिल्लावार व्यवायिहरु त्था उद्योगीहरुसंग सहकार्य गरेर अगाडि वढने बताए । बारका उपाध्यक्ष मणिराज आचार्यले मानव अधिकारको संरक्षण गर्ने सामाजिक संघ संस्था सहकार्य गरेर अगाडि वढनु पर्ने बताए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष बशन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।