९ माघ, काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय ६२ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।
राष्ट्रियसभा सदस्यको प्रदेश नं. ५ को महिला सदस्यमा बिमला घिमिरे निर्वाचित भएकी छिन् । बिहीबार सार्बजनिक भएको मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट घिमिरे निर्वााचित भएकी हुन् । उनले पाँचहजार सातसय २८ मत ल्याएर बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार गिरिजादेवी न्यौपानेले दुईहजार एकसय मत ल्याएकी छिन् ।