२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार बिजयी

दाङ, ९ माघ । प्रदेश नम्बर ५ बाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार बिजयी भएका छन् । नेकपाका तर्फबाट अपांग/अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा ५४२४ मतभार सहित बिजयी भएका छन । शर्माका प्रतिष्पर्धी नेपाली काँग्रेसका मेराजअहमद हलवाईले १९८६ मतभार प्राप्त गरेर पराजित भएका छन । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन ।

यस्तै महिला तर्फ नेकपाका तर्फबाट बिमला घिमिरेले ५७७८ मतभार ल्याएर बिजयी भएकी छन भने नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजा देबी न्यौपाने २१०० मतभार प्राप्त गरेकी थिईन ।

त्यसैगरी अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका गोपाल भट्टराई बिजयी भएका छन । भट्टराईले ५३८२ मत ल्याएर बिजयी भएका छन । यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका बालकृष्ण पाण्डेले २०५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याउदा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बन्नुभएका शिव पौडेलले १५६ मतभार प्राप्त गरेका थिए । प्रदेश नम्बर ५ मा आठ हजार एक सय मतभार रहको छ ।