२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

भोलिदेखि सुरु हुने तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पुरा

तुलसीपुर, ९ माघ । तुलसीपुरमा सञ्चालन गर्न लागिएको महोत्सवको भोलि शुक्रबार उद्घाटन गरिदैछ । १० गतेदेखि माघ २० गते सम्म सञ्चालन हुने महोत्सवको तयारीका बारेमा जानकारी दिन विहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरिएको हो । महोत्सवमा ५ सय वटा स्टल राखिएको छ भने, मनोरञ्जनका लागि बाल उद्यान, मौतकुवा, चरखे पिङ, सांस्कृतिक कार्यक्रम, खेलकुद, बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने मुल आयोजक समितिका संयोजक एबम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले बताए । उनले भने, बिहान १० बजे शोभा यात्रा हुने छ भने महोत्वसको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्य तथा संघका पुर्ब अध्यक्ष बिमल रिजालको बिशिष्ठ आतिथ्यमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी बस्नेतले महोत्वसको लक्ष्य र उदेश्य टरीगाँउ एरपोर्टको स्तरउन्नोति, आर्थिक सम्बृद्धि र मनोरञ्जन सँग जोडिएका हुदा यसलाई ब्यबस्थीत र प्रभाबकारी बनाउनुपर्नेमा जोड दिए ।

तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजालले महोत्सवमा ५ सय वटा स्टल रहेकामा सवै बुक भईसकेको जानकारी दिए । उनले १० वटा स्टल कृषि प्रर्दशनीका लागि ब्यस्थापन गरीएको जानकारी दिए । ५ वटा स्टल स्वास्थ्य शिबिर, शैक्षिक ज्ञान र परामर्शका लागि स्टल लगायत सञ्चालन गरिने उनले बताए । साथै बिभिन्न बिषयमा दैनिक अन्तरक्रिया कार्यक्रम गरिने रिजालले बताए । महोत्सवमा आउने दर्शकहरुका लागि आउन र घर फर्कनलाई समेत बिशेष प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक रावतले बताए ।
कार्यक्रमको सहजीकरण सञ्चार संयोजक शरद रेग्मीले गरेका थिए ।