दाङ, १० माघ। दाङमा आजदेखि दुईवटा व्यापारिक महोत्सव शुरु हुँदैछन् । घोराही र तुलसीपुरमा आज १० गतेदेखि महोत्सव सुरु हुन लागेका हुन् । तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ २० गतेसम्म र दाङ चेम्बर अफ कमर्सको आयोजनामा घोराहीमा पनि आजैदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ।
दुबै ठाउँको महोत्सवको उद्घाटन पर्यटन मन्त्री योगेश कुमार भट्टराइले गर्नुहुने भएको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरी महोत्सव आयोजना गरिएको दुबै महोत्वसका मुल आयोजक समतिले जनाएका छन् ।
दुबै ठाउँको महोत्ससवमा विभिन्न खालका स्टल राखिएको छ । मनोरञ्जनका लागि बाल उद्यान, चरखे पङिग, सांस्कृतिक कार्यक्रमहरु गरिने महोत्सव मुल आयोजक समतिहरुले बताएका छन् ।