२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

अग्‍नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका छन्। प्रहरीले वारेन्टी गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनलाई चुनौति मिल्ने उनको भनाइ छ।

द्वन्द्वकालीन अवस्थामा तत्कालिन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमा लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ।

नेता अर्जुन लामा हत्या अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन्। सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ।