२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

गाउँपालिका अध्यक्ष ८ लाख घुसहित पक्राउ

सुर्खेत, १० माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।