२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

हात्तिपाईले रोग विरुद्ध औषधि सेवन अभियान सुरु

तिर्थराज ज्ञवाली, माघ १० मसुरीया । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हात्तिपाईले रोग विरुद्ध आम नागरिकलाई सहज र सरल तवरले औषधि सेवन गराउका लागि सरोकारवालाहरु संग छलफल गरेको छ । हात्तिपाईले रोग विरुद्ध औषधि खुवाउने दिन नजिकीदै गर्दा योजना निर्माण तथा गत वर्षको उपलब्धी बारे समिक्षाको लागि सरोकारवालाहरु संग छलफल गरेको छ गरिएको हो ।

शुक्रबार राप्ती गाउँपालिकामा भएको कार्यक्रममा हात्तिपाईले रोगका वारेमा जानकारी दिईनुका साथै हाल यसको विश्वब्यापी तथा नेपालमा रहेको भयावह अवस्थाका बारेमा जानकारी गराईएको छ । हात्तिपाईले रोगको कारण, देखीने लक्षण, रोकथामका उपाय तथा औषधि सेवनको प्रक्रियाका वारेमा सरोकारवालाहरु संग छलफल समेत गरिएको छ । राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा हात्तिपाईले रोगको अवस्था र निदानका लागि गरिएको प्रयासका वारेमा जानकारी दिदै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले आगामी माघ २५ गतेदेखी सुरुहुने हात्तिपाईले रोग विरुद्धको औषधि खाने खुवाउने अभियान सफल पार्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्यका हात्तिपाईले रोग विरुद्धका फोकलपर्सन कमल चन्दले समग्र रोगको वारेमा जानकारी दिनुभएको थियो ।

क्लुलेक्स जातको संङक्रमीत लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगका कारण हात खुट्टा सुन्नीने, स्तन अण्डकोष सुनेने र रोग लागेपछि निको नहुने र नियमीत आवस्यकता अनुसार औषधि सेवन गर्नाले र लामखुट्टे बाट बच्न सकियो भने हात्तिपाईले रोग बाट बच्च सकिने कार्यक्रममा बताईको छ ।