२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

टरिगाउँ एयरपोर्टको स्तरोन्नति हुन्छ : मन्त्री भट्टराई

तुलसीपुर, १० माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमालस्थल स्तरबृद्धि हुने बताएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले टरिगाउँ बिमानस्थल स्तरबृद्धि गर्नकालागि सरकारले बजेट बिनियोजन समेत गरेको बताए । ‘टरिगाउँ एयरपोर्ट स्तरोन्नतीकालागि तपाईहरुले बढि जोड गरेको पाईयो’ उनले भने‘ ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरबृद्धिकालागि यस बर्ष बजेट पनि बिनियोजन गरेका छौं ।’ हाल रहेको सातसय ५० मिटर धावनमार्गलाई बिस्तार गरेर साढे १२ सय बनाउने गरि आफुले पहल थाल्ने बताए ।

साथै एयरपोर्टमा अस्थायी ईन्धन डिपो स्थापनाकालागि नेपाल आयग निगमसंग पनि सम्झौता भईसकेको मन्त्री भट्टराईले बताए । ‘ ईन्धन डिपोकालागि नेपाल आयल निगमले जग्गा माग गरेको थियो’ उनले भने‘ हामीले जग्गाकालागि सम्झौता गरिसकेका छौं, अबको केही समयमा त्यहाँ ईन्धन डिपो स्थापना हुन्छ ।’

उनले दाङ दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका रहेको भन्दै यसको भबिष्य उज्जवल रहेको समेत बताए । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत(बिरु)को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङको टरिगाउँ एयरपोर्ट विस्तार गर्न केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण महासचिब रुपबहादुर खत्री र प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।