२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लक्ष्मीनारायण आविमा स्पेलिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

शिवप्रसाद उपाध्याय, दंगिशरण ११ माघ। दंगिशरण ५ सलौरा स्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत स्पेलिङ कन्टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बसन्त के.सीको अध्यक्षता एवम विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यमा भएको स्पेलिङ कन्टेस्ट कार्यक्रममा अन्नपुर्ण समूह श्रृजना के.सीको समूह प्रथम, सगरमाथा समूह प्रशान्त के.सीको समूह द्धितिय र अन्नपुर्ण समूह समीक्षा गिरिको समूह तृतिय भएका थिए । कार्यक्रमको सहजिकरण विद्यालयकी शिक्षिका जानकी घर्ती मगरले गरेकि थिइन ।