२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पश्चिम दाङको रगैंजामा हाट बजार सञ्चालन हुने

माघ, ११ रगैंजा । आगमी माघको १८ गते शनिबार देखि शान्तिनगर गाउँपालिकाको वडा नं. ५ रगैंजामा कृषिउपज हाट बजार सञ्चालन हुने भएको छ ।

सुवास स्मृति सहकारी सस्था रगैंजाको व्यवस्थानमा हरेक हप्ताको शनिवार हाट बजार सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उत्पादित कृषिजन्य बस्तु विक्रि तथा खरिद गर्नका लागि कृषिउपजहाट बजार सञ्चालन हुन लागेको सस्थाका अध्यक्ष रिता बटालाले बताउनुभयो ।

सहकारीको प्राङ्गणमा सञ्चालन हुने हाट बजारमा सहभागि भई कृषिजन्य बस्तुको विक्रि तथा खरिद संस्थाले सम्पुर्ण सेयर सदस्य, ग्राहक र उपभोक्ताहरूमा आग्रह गरेको छ ।

कृषि उपज हाट बजारमा ताजा तरकारी, फलफूल, विउविजन, जडिवुटि, कन्दमुल, खाद्यान्न लगायतका सामान विक्रि तथा खरिद गर्न सकिने सस्थाका ब्यवस्थापक तेज वहादुर के.सीले जानकारी दिनुभयो । के.सीका अनुसार हरेक हप्ताको शनिवार विहान १० बजे देखि साझ ५ बजे सम्म सञ्चालन हुने हाट बजारका लागि आवश्यक क्यारेट र सामान राख्ने ठाउँ सहकारीले निशुल्क ब्यवस्था मिलाइदिने जानकारी दिनुभयो ।