११ माघ, शान्तिनगर । नेपाल रेडक्रस सोसाइटी शान्तिनगर उपशाखाको सभापतिमा बिमल के.सि सर्बसम्मतिमा चयन भयका छन । शान्तिनगर गाउँपालिका जेष्ठ नागरिक मंचका अध्यक्ष पुरुषोत्तम रिजालको प्रमुख आतिथ्यत्तामा सम्पन्न भयको प्रथम साधारण सभाबाट नेपाल रेडक्रस सोसाइटी शान्तिनगर उपशाखाकोको सभापतिमा बिमल के.सिलाइ सर्बसम्मत चयन गरेको छ ।
जसको उपशभापतिमा लक्ष्मी भण्डारी, सचिबमा तेज बहादुर बिक, कोषाध्यक्ष केशब योगी, उपसचिबमा खुमराज राणा, उपकोषाध्यक्ष वाल कृष्ण वलीलार्इ पदाधिकारिमा चयन गरेको छ । त्यस्तै कार्यक्रममा हरि कुमार केसि, रेणु थापा, मेनका ठाडा, मिन बहादुर के.सि र राम बहादुर के.सिलाइ सर्बसम्मत रुपमा सदस्यमा चयन गरेको छ ।