२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

तुलसीपुर महोत्सवमा महानायक हमाल

तुलसीपुर, ११ माघ । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु भएको महोत्सव आज दोस्रो दिन पनि जारी छ । महोत्सवमा आज महानायक राजेश हमाल, मोडल सिर्जु अधिकारी, लोकगायक कृष्ण रेउले, टिका जैशी लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका छन् ।

तुलसीपुरको टरिगाउँ विमानस्थल विस्तार र तुलसीपुर उद्योग बाणिज्य संघले निर्माण गर्न लागेको अत्याधुनिक सभाहल सम्पन्न गर्न महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितीका संयोजक बिरबहादुर रावत बिरुले जानकारी दिएका छन् ।

स्थानीय कृषि उत्पादनको प्रदशनीसँगै विभीन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहको महोत्सव माघको २० गतेसम्म सञ्चालन हुनेछ ।