माघ ११, बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् ।
प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई शनिबार बुटवलमा संवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडेँ। पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लड्नुभो। अब मेरो पनि कुनै निजी विचार छैन। सहमतिकै आधारमा प्रदेशको राजधानी र नामकरण टुंगो लगाउँछौं। पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउँदै आवश्यक छ’ राजधानीको विषयले जोड्ने हो। विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताइन्छ।
कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा बिनासमाचार लेख्न नहुने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो। प्रेस संगठनमा आवद्ध पत्रकार वर्तमान र भविश्यलाई जोड दिएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलले औंल्याए।