दाङ्, ११ माघ । दाङको घोराहीमा रहेको ज्योतीपुञ्ज आवासीय माध्यामिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी १९औँ बार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विद्यालयले बार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले समय अनुकुलको सिप र संस्कार सहितको शिक्षा अहिलेको आबस्यक रहेको बताउनुभयो । विद्यालय शिक्षामा गरिने लगानी नै भोलीको दक्ष जनशक्ति उत्पादनको आधार भएको उहाँको भनाई छ । विद्यालयको तल्लो तहबाटै शैक्षिक सुधार गर्नुपर्ने देखिएको भन्दै उहाँले बालमैत्री शिक्षण सिकाईमा ध्यान दिन आग्रह समेत गर्नुभयो । सिप, संस्कार, आचारण र अनुशासन विद्यालय तहबाटै सिकाउन आबस्यक रहेको नगर प्रमुख चौधरीको भनाई छ ।
विद्यालय सञ्चालक समितिका सदस्य माधब खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्दै ज्योतिपूञ्ज आवासिय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माले दिर्घकालिन योजनाका आधारमा विद्यालय सञ्चालन गरिएको भन्दै आगामी शैक्षिक सत्र २०७७ देखि अझ उत्कृष्ट कार्यक्रमहरुको तर्जुमा गरिएको र यस विद्यालयबाट उत्पादीत शैक्षिक उत्पादनहरु देशका राम्रा निकायहरुमा बिक्ने र टिक्नेछन् भन्नुभयो ।
कार्यक्रमा संस्थाका सल्लाहकार प्रेम के.सी. अभिभावक नित्यानन्द शर्मा, लगाएतकाले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य र गित प्रस्तुत गरेका थिए ।