२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

रेडियो हापुरेको साधारण सभा सम्पन्न

११ माघ, हापुरे । दाङको हापुरेमा रहेको सामुदायिक रेडियो हापुरे ८९.४ मेगाहर्जको तेस्रो साधारण सभा आज हापुरेमा सम्पन्न भएको छ ।

रेडियो संचालक समितिका अध्यक्ष सन्तराम सुनारको अध्यक्षतामा सम्पन्न भएको सधारण सभाले रेडियोको नयाँ सन्चालक समिती सर्बसहमतिमा गठन गरेको छ । जसको अध्यक्षमा ज्ञानुप्रशाद आइतबारे, उपाध्यक्ष गोबिन्द घिमिरे, महासचिबमा चन्द्रबहादुर डागी, सचिबमा अर्जुन परियार र कोषाध्यक्षमा चन्द्रप्रशाद पाण्डे चयन हुनु भएको छ । तेस्तै सदस्यहरुमा लालबहादुर ओलि र भिमप्रसाद परियार रहनु भएको छ । सम्पन्न सधारण सभामा संस्थाको प्रगती प्रतिबेदन निबर्तमान अध्यक्ष सन्तराम सुनारले प्रस्तुत गर्नु भएको थियो ।

तेस्तै आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामबहादुर डाँगीले प्रस्तुत गर्नु भएको थियो । साधारण सभा बाट संस्थाका अन्य महत्त्वपुर्ण बिषयहरुमा छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका निबर्तमान महासचिब बिकासराज बालानले गर्नु भएको थियो ।।