तुलसीपुर, ११ माघ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) दाङको संयोजकमा मधुसुदन बैद्यलाई चयन गरिएको छ ।
शनिबार दाङको घोराहीमा भएको संघको भेलाले रेडियो मध्यपश्चिमका अध्यक्ष बैद्यको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरेको हो । दाङका सबै सामुदायिक रेडियोहरुको प्रतिनिधी सदस्य रहने गरी समिति गठन गरिएको हो ।
सदस्यहरुमा रेडियो स्वर्गद्वारीका दधीराम सुबेदी, हाम्रो पहुँचका शुक्रराज भण्डारी, रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो सञ्जीबनीका चेतन रेग्मी, रेडियो तुलसीपुरका तेजबहादुर परियारलाई चयन गरिएको छ ।