२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर महोत्सव दोस्रो दिन हाउसफुल

शरद रेग्मी, तुलसीपुर  ११ माघ । तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, शव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साँझ सम्मै व्युँझाएको थियो ।

रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्षित गरेको थियो । मेला महोत्सव आफैमा रमाइका लागी हो, त्यसैले आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवलाइ भव्य र सभ्य बनाउन सुरक्षा प्रवन्ध देखि सहज यातायात र कलाकर्मिहरुलाइ पालैपालो व्यवस्थापन गरेको छ ।

राजेशहमाल एउटा पात्र मात्रै हुन, धेरै कलाकारहरु तुलसीपुरको महोत्सवमा आउने छन् । यहिंकै चेलि श्रीजु अधिकारी, कमल गाउंले, कृष्ण रेउले लगायत भुरपुर कलाकारहरु छन् । महोत्सवलाइ भव्य र सभ्य बनाउन कलाकर्मिहरु पनि लागीरहेका छन् । दाङको तुलसीपुरमा आयोजना भएको महोत्सवमा स्याङ्जाबाट उमादेवी खनाल पनि आइपुगेकि छिन् ।

महोत्सवले आम दाङबासीलाइ तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायमि स्टल कुनैपनि खालि थिएनन् । किनकी दाङ जिल्ला आफैमा पनि कृषि प्रधान जिल्ला हो । भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । तरकारीको मालाको प्रशंसा योग्य हो । च्याउका स्टल, वयरबोकाका स्टल, निशुल्क श्यास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साइकिल यात्राले पनि महोत्सवलाइ नेपाल भ्रमण बर्षसंग जोडेको छ ।

तुलसीपुर महोत्सव नेपाल भ्रमण बर्षसंग जोडिएको छ । यसकालागी पर्यटन प्रवद्र्धनलाइ नै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ । संगै मनोरन्जनलाइ पनि प्राथमिकतामा राखिएको छ । शनीवारैदेखि विंगो हाउजिङ पनि सुरु भएको छ ।