२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

अपाङ्गता भएका व्यक्तिहरूको गुनासो : राज्य गम्भिर भएन

माघ १२ दाङ । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि राज्य गम्भिर नभएको एक कार्यक्रममा बोल्ने बक्ताहरूले बताएका छन । अपाङ्ग सशक्तिकरण केन्द्रको आयोजनामा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका बौद्धिक अपाङगता भएका २२ जना विद्यार्थीलाई स्विटर वितरण कार्यक्रममा बोल्ने बक्ताहरूले यस्तो बताएका हुन ।

उनिहरूले अपाङगता भएका व्यक्तिहरूको लागि राज्यले आफ्नो दायित्व पुरा गर्न नसकेको गुनासो गरेका थिए । केन्द्रका अध्यक्ष रजनी शाहीको अध्यक्षता एवम तुलसीपुर अपाङग नगर सञ्जालका महासचिव देवा डाँगीको प्रमुख आतिथ्यमा स्विटर वितरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि डाँगीले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै समान व्यवहार गर्न आग्रह गरे। अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गग सरह काम गर्न सक्ने भएकाले अवसर दिन सवैमा आग्रह गरे ।

सो कार्यक्रममा अपाङ्ग महासंघ ५ प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, अपाङग सेवा संघका अध्यक्ष देवा शर्मा, अपाङ्ग समाज सुधारका अध्यक्ष हुमकान्त बस्याल, केन्द्रका संरक्षक गेहेन्द्र हमाल लगाएतले सवै एकजुट भएर अपाङको अधिकारका लागि अगाडि बढ्नु पर्ने बताएका थिए । अपाङ्ग सशक्तिकरण केन्द्रले स्थापनाको छोटो समयमै अपाङ सम्वन्धी उल्लेखनिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

केन्द्रका उपाध्यक्ष गुरू प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव टिकाराम दरेलीले गरेका थिए ।