२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६

१२ माघ । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। हिजो सम्म ४१ जनाको ज्यान गएको चीनमा विगत २४ घण्टामा थप १५ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

घटनामा ६६८ जनामा थप संक्रमण भेटिएको चीनका स्वास्थ्य अधिकारीले जनाएका छन्। अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको र ती मध्ये २१ हजार ५ सय ५६ जना डाक्टरको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ। ती मध्ये ३ सय २५ जना भने उपचारपछि घर फर्किसकेका छन्।

गत महिना चीनको वुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रुपमा लिएपछि राष्ट्रपति सी चिङपिङ चिन्ता व्यक्त गरेका छन्। उनले कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउँदै रोकथामका लागि तत्काल पहल थाल्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन्।