२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुुर महोत्सवमा हेलिकप्टर यात्रा

तुलसीपुर १२ माघ । तुलसीपुर महोत्सवको चौथो दिन सोमवार देखि हेलिकप्टर यात्राको कार्यक्रम राखिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले स्थानिय पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम मिलाईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

आयोजकका अनुसार भोलि देखि हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा, स्वर्गद्धारी, धारापानी, पु्रन्धारा छहरा, खैरावाङ, कुपेण्डे ताल, रारा ताल, से फोक्सुण्डो ताल लगाएतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बिर बहादुुर रावत बिरुले जानकारी दिनुभयो ।