तुलसीपृुर, १३ माघ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा दिनदिनै उल्लेख्य दर्शकहरुको सहभागिता बढ्दै गएको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन सम्म पनी हजारौं दर्शकहरुले मेलाको अवलोकन गरेका छन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतीले आयोजकहरुलाई समेत हौसाएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु बिश्वस्त रहेका छन । महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनि, जुम्लाको अर्गानिक सामाग्री, बाल उद्यान, मौतका कुवा, होची महिला ईश्वरी माया छिनाल, दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती, स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन ।
त्यस्तै महोत्सवमा आज सोमबार चर्चित लोकदोहरी गायक पशुपती शर्मा, राधिका हमाल, मौसमी राना, प्रशास कडेल, सिर्जना खत्रि, कमल गाउँले सहित अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक ललितजंग शाहले जानकारि दिुनुभयो ।