२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

तुलसीपुर नगर जेसिजद्वारा ट्राफिक सचेतना

तुलसीपुर, १३ माघ । तुलसीपरनगर जेसिजले ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरेको छ । आईतबार तुलसीपुर ८ स्थित जीवन ज्योति ईङ्लिस बोर्डिङ मोडेल ईङ्लिस बोर्डिङ् स्कुलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक सचेतना प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जेसिजका अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोखरेलले ट्राफिक सचेतना प्रदान गरेका थिए ।

सोही विद्यालयका संस्थापक जीतबहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रम समयोजक मेघराज पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा करिब एकसय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको प्रबक्ता शरद देवकोटाले जानकारी दिए ।