१३ माघ, बबई । पश्चिम दाङका एक युवकको दुबईमा निधन भएको छ । दाङको बबई गाउँपालिका वडा नं. ५ बबरपुर निबासी ३५ बर्षीय सोमराज वलीको गएराती दुबईमा मृत्यु भएको हो ।
करिब २ बर्ष पहिले रोजगारीको शिलशिलामा दुबई गएका वली भबन निर्माणको क्रममा लडेर गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो ।