२०७८ साउन २२ गते शुक्रवार
२०७८ साउन २२ गते शुक्रवार

गायिका आस्था राउत पक्राउ, ४ दिन हिरासतमा राख्न अनुमति

१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए। आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्।

यसैगरी गायिका राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।