१३ माघ, काठमाडौं । नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यलयमा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच झडप भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि नै पूर्वमहामन्त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेपछि संस्थापन पक्षसँग निकट कार्यकर्ताहरूले हातपात गरेका थिए।
दुईपक्षबीच केही बेर तनाव र झडप भएको थियो। झडपलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। संभावित मुठभेडलाई ध्यानमा राखेर कांग्रेस कार्यलयमा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन्। झडपका क्रममा पूर्वमहामन्त्री काफ्ले र कमल पन्तलगायत केही घाइते भएका छन्।