२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

उत्कर्षमा तुलसीपुर महोत्सव, आकर्षणमा भाले फाईट पनि

शरद रेग्मी, तुलसीपुर १३ माघ । पहिलो दिनमै हाउसफुल भएको तुलसीपुर महोत्सवमा उत्साहजनक भन्दा पनि प्रतिनिधिमुलक सहभागिता थपिंदै आएको छ । आयोजकलाई तुलसीपुर महोत्सव व्यवस्थापन गर्न पनि आम सहभागिताले लिड गरीरहेको छ । त्यसैले तुलसीपुर उद्योग वाणिज्य सघका सवै अधिकारी र पुर्वपधादिकारीहरु पनि महोत्सवलाइ भव्य र सभ्य बनाउन खटिइरहेका छन् ।

भाले लडाइमा दार्जिलिङबाट मात्र नभएर भारतबाट पनि भाले ल्याइएका छन् । कम्तिमा दुइ दर्जन भालेहरुले फाइट गरेको परीदृश्य उत्साहजनक थियो ।

पशुपति शर्माको प्रस्तुतीले पनि महोत्सवलाइ धेरै उचाइ दिएको छ । कुस्ती प्रतियोगिता पनि महोत्सवको आकर्षण देखिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएर धेरै आशा गरेको होइन, विमानस्थलको स्तरोन्नती र निर्माणाधिन सभाहलको पुरा गर्नकालागी मात्रै हो । त्यसैले तुलसीपुरको विमानस्थलको स्तरोन्नतीकालागी पर्यटन मन्त्रीलाइ प्रमुख अतिथि बनाइएको थियो । ‘विकासका मुद्धा एउटा राजनितिक दलका मात्र हुन सक्दैन, आम नागरीकका साझा मुद्धा हुन्, त्यसैले पनि महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं’—तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले भने ।

मंगलबार गायीका राधिका हमालको क्याम्पस पढ्न आउने, झकाश लगायतका गितले पनि तुलसीपुर महोत्सवलाइ झकास बनाएको थियो । उनको लाहुरे ठिटो, ढल्के जवानीमा धेरै युवाहरु लठ्ठिएका थिए । अर्का कलाकार पशुपतिले पनि राष्ट्रियताकै गित गाए, अनि राष्ट्रियताकै लगाम सिकाए । मलाइ हुस्की पनि यै, मलाइ वियर पनि यै, लैनो भैसि पाल्छु, गितको बोलको पशुपति शर्माको गितले तुलसीपुर महोत्सवस्थललाई भरीभराउ बनाएको थियो ।

त्यसै गरी मौसमी राना, सिर्जना खत्री, कमल गाउले, उमादेवि खनाल लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।