२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दाङ उवासंघ र जेसीज बीच परिचयात्मक कार्यक्रम सम्पन्न

दाङ, १३ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघ र जेसीजका पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । संघले एक कार्यक्रमको आयोजना गरि त्रिभुवननगर जेसीज, दाङ महिला जेसीजका नव निर्वाचित पादाधिकारी तथा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष वन्न सफल लालमणि भण्डारीसंग परिचात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई टीका र माला लगाएर स्वागत तथा सम्मान समेत गरिएको थियो । त्यस अवसरमा वोल्दै नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारीले युवाहरुलाई सकारात्मक कार्यमा लगाउन सहयोग पुर्याएको बताए । युवाहरुलाई उद्यमशिलता तर्फ जोडका लागि जेसीजले पहल गर्ने समेत बताए । ‘युवाहरुलाई स्वदेशमा नै श्रम गर्ने वातावरण वनाउन जरुरी रहेको छ’ भण्डारीले भने । त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेलले जेसीज युवाहरुको संस्था भएकाले युवालाई सकारात्मक वाटोमा सहयोग पुर्याउने बताए ।

कार्यक्रममा वोल्ने बक्ताहरुले उद्योग वाणिज्य संघ र जेसीज विच विगत देखि नै सहकार्य गदै आएको भन्दै आउदा दिनमा पनि यस कार्य लाई निरन्तरता दिने बताएका थिए । सवैको सहकार्यमा नै समाजिक कार्य गर्ने सहज हुने उनीहरुको भनाइ रहेको छ । उनीहरुले जेसीजले युवाहरुको व्यक्ति विकासमा महत्वपुर्ण योग्दान पुर्याउन सहयोग गरेको सहभागिहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु रामदयाल गुप्ता, चन्द्रराज पन्त, सिस्नो पानी नेपालका जिल्ला अध्यक्ष डा लोकराज पराजुली, संघका पुर्व उपाध्यक्ष ओविन्द्रवहादुर महरा, दाङ महिला जेसीजका पुर्व अध्यक्ष शुसिला पौडेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका महिला सदस्य विन्दु दाहालले गरेकी थिइन । कार्यक्रमको सहजिकरण संघकि सचिव माया पोख्रेलले गरेकी थिइन ।