१३ माघ, घोराही । दाङमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका १ बस्ने वर्ष २४ का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटि गएको प्रहरी टोलीले पुन र घर्तीलाई घोराही उपमहानगरपालिका १४ बसर्पाकबाट चितुवाको छालासहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई चितुवाको टाउको, बंगराको भागदेखि पुच्छरसम्मको पुरै भाग र छाला बरामद गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।