१३ माघ, तुलसीपुर। दाङको तुलसीपुरबाट ३ किलो चरेश सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम जिल्लांका मुसीकोट निबासी बहादुर बोहोरा, अनिल पुन र आठविसकोटका भीमबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनिहरुलाई तुलसीपुर उपमहागरपालिका वडा नं. १२ सितलपुरबाट सादापोशाकमा रहेको प्रहरी टोलीले ३ किलो चरेश सहित पक्राउ गरेको हो ।
उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।