दाङ १४ , माघ । प्रदेश ५ को प्रादेशिक पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दाङका ईन्जिनियर ध्रुब मजगैँया नियुक्त भएका छन् ।
दाङ तुलसीपुर निवासी मजगैँयालाई प्रदेश ५ को सोमबार बसेको मन्त्री परिषद् बैठकलले नियुक्त गरेको सरकारकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
मन्त्री परिषद् बैठकले आगामी वर्षको वैैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।