तुलसीपुर, १४ माघ । तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको तुलसीपुर महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीती बढ्दै गएको छ । महोत्सवमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनि, बाल उद्यान, मौतका कुवा तथा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोे प्रस्तुतीहरु महोत्सवमा रहेका छन् ।
त्यस्तै महोत्सवमा आज मंगलबार चर्चित गायक हेमन्त शर्मा, हाँस्य कलाकार कमल गाउँले, गायिका सरु बोहरा, गायक गोपालनेपाल जि.एम लगाएतका अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक ललितजंग शाहले जानकारी दिुनुभयो ।